Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढ्यो


सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढ्यो

काठमाडौं, भदौ १ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो ।