Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

४४ अंकले बढ्यो सेयर बजार


४४ अंकले बढ्यो सेयर बजार

काठमाडौं, असोज ४। साताको अन्तिम दिनमा पनि सेयर बजारको परिसूचक नेप्से ४४.३४ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२९ अंकमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ। सामान्यतः १ अर्बको कारोबार हुँदै आएको बजारमा बिहीबार भने ३ अर्ब २९ करोड पुग्यो । कुल २१७ कम्पनीको मूल्य बढ्दा ११ को घट्यो भने २ को स्थिर रहृयो।

प्रतिशतका आधारमा जलविद्युत् उपसमूह सबैभन्दा धेरै ५.३ प्रतिशत बढ्यो। जसमध्ये वाणिज्य बैंक ११, विकास बैंक १४२, फाइनान्स ७५, होटल तथा पर्यटन ८२, जलविद्युत् १०९, जीवन बीमा १८०, उत्पादन १४७, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८७, अन्य ३३ र ब्यापार उपसमूह १० अंक बढे । ११ कम्पनीको मूल्य ९।९ देखि १० प्रतिशतसम्म बढ्यो।

ती ११ कम्पनीमा नेसनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रो, मन्दाकिनी हाइड्रो, थ्रीस्टार हाइड्रो, न्यादी हाइड्रो, खानीखोला हाइड्रो, अरुण काबेली पावर, आँखुखोला र बाराही हाइड्रोपावर छन् । अभियान लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ४ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र हिमाल दोलखा हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।