Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लुम्बिनीका सीमा क्षेत्रबाट कुखुराको अवैध आयात बढ्यो


लुम्बिनीका सीमा क्षेत्रबाट कुखुराको अवैध आयात बढ्यो

काठमाडौं, असोज १०। बजारमा कुखुरा र अन्डाको भाउ बढेका बेला सस्तिएको भारतीय क्षेत्रबाट अवैध आयात बढ्न थालेको छ । सीमा क्षेत्रबाट बढेको तस्करी रोकन  सुरक्षाकर्मीको अपेक्षित सक्रियता नदेखिएपछि किसान आफैं सक्रिय भएका छन्।लुम्बिनीका सीमा क्षेत्रबाट बढ्यो कुखुराको अवैध आयात तस्करी भएर रुपन्देहीमा भित्रिएका कुखुरा नष्ट गरिँदै।

अहिले भारतमा जिउँदो कुखुराको मूल्य प्रतिकेजी १ सय २८ र मासु १ सय ५० रुपैयाँ छ। वारि जिउँदो कुखुरा २ सय ७० र मासु ४ सय २० रुपैयाँ पर्छ । मूल्यमा ठूलो अन्तर भएपछि रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका नाकाबाट अवैध तस्करी बढेको छ।अझ नाकामा खुकुलो निगरानी र सामान्य जरिवाना तिरेर छानबिन बिनै तस्करहरु छुटिरहेकाले अवैध आयात बढिरहेको पशु क्वारेन्टाइन चेक पोष्ट बेलहियाका प्रमुख सन्तोष यादवले बताएका छन् ।

गएको दुई महिनामा नवलपरासी पश्चिम, कपिलवस्तु र रुपन्देहीका पशु क्वारेन्टाइन कार्यालयले भारतबाट तस्करी भएको पाँच हजार किलोभन्दा बढी मासु नष्ट गरेको छ । क्वारेन्टाइन कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक भक्त न्यूरेले ७ हजार ५ सय २० वटा कुखुराका चल्ला र करिब दुई हजार किलो माछा नष्ट गरेको बताएको छ ।