काठमाडौं, भदौ १ । आर्थिक वर्ष २०७९,८० मा विद्युतीय माध्यमबाट ५७८ खर्ब ६८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७९,८० को असार महिनामा मात्रै ९ करोड ३० लाख १९ हजार ४३४ पटक विद्युतीय माध्यमबाट ५० खर्ब ११ अर्ब ४३ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।
गत वर्षको सोही अवधिमा ७ करोड ९ लाख ५० हजार ५४९ पटक विद्युतीय प्रणालीबाट ६२ खर्ब २७ अर्ब ६४ करोड ८ लाख रुपैयाँको कारोबार भएको थियो । गत वर्षको तुलनामा कारोबार संख्या २ करोड २० लाखले बढेको छ । कारोबार रकम भने १२ खर्ब १६ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकले बताएको छ ।