Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकहरु मिटरब्याजी भए, राष्ट्र बैंकले बैंकहरुलाई निर्मम साहुजी नबनाई व्यवसायीका सारथी बनाउनुपर्छः अध्यक्ष ओली


बैंकहरु मिटरब्याजी भए, राष्ट्र बैंकले बैंकहरुलाई निर्मम साहुजी नबनाई व्यवसायीका सारथी बनाउनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु खुला मिटरब्याजी भएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले बैंकको पछिल्लो क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘बैंकहरु खुला मिटरब्याजी भए, चर्को ब्याजमा व्यवसाय गरेपनि व्यवसायमा नाफा हुँदैन,’ उनले भने । त्यस्तै, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्मम साहुजी नबनाई व्यवसायीका सारथी बनाउने उनको भनाई छ । यो विषयमा सरकार र राष्ट्र बैंक दुबैसँग छलफल गर्ने समेत ओलीले बताए ।

सबै कुरा बुझ्ने ल्याकत सरकारसँग नभएको बताउँदै अध्यक्ष ओलीले भने– ‘सरकारसँग तस्करीको लाइन छ, सुन तस्करीको सेटिङ मिलाउन विदेशीलाई नागरिकता दिएको रहेछ, सरकारमा कमिशनको खेल मात्रै भइरहेको छ, सरकार कमिशनको जोडघटाउमा छ ।’

युवालाई देशमा बसाउने वातावरण नभएर युवाहरू दिनप्रतिदिन विदेश विदेश पलायन भएको उनको भनाइ छ । ‘बेरोजगारी बढिरहेको छ, व्यवसायीले भुक्तानी पाउन सकेका छैनन्, भुक्तानी दिनु पर्छ, रोकिएको ठाउँबाट पैसा लिएर चलायमान बनाउनु पर्छ,’ अध्यक्ष ओलीले भने ।