Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

ट्रुमीको हेयर–केयर सम्बन्धि सात उत्पादन सहित ‘नयाँ रिभ्यू नोट’ जारी


ट्रुमीको हेयर–केयर सम्बन्धि सात उत्पादन सहित ‘नयाँ रिभ्यू नोट’ जारी

काठमाडौ । अमेरिकी प्रविधिबाट उत्पादित छाला तथा हेयर–केयर सामग्री ट्रुमीले उपभोक्ताहरुका लागि आफ्ना विभिन्न प्रोडक्टका विशेषताबारे प्रकाश पार्दै बजारमा स्थान बनाउन सुरु गरेको छ । नेपालका लागि ट्रुमीको आधिकारिक बिक्रेता कम्पनी ट्रु डेर्मा एसएले हेयर केयर सम्बन्धि आफ्ना उत्पादन उपभोक्ताहरु समक्ष सात महत्वपूर्ण सामग्रीहरु ल्याइसकेको भन्दै ‘प्रोडक्ट रिभ्यू नोट’ जारी गरेको हो ।

जारी गरेको ‘रिभ्यू नोट’मा ट्रुमीका स्किन तथा हेयरकेयर प्रोडक्टहरुलाई सिनियर ब्युटिसियन र डेर्माटोलोजिस्टले समेत प्रशंसा गरेको कम्पनीले जनाएको छ । ट्रुमीका हेयर–केयर ‘प्रोडक्ट रिभ्यू’ की सिनियर व्युटिसियन रुस्का श्रेष्ठ भन्छिन्, ‘ट्रमीका उत्पादनहरु प्लान्ट बेस प्रोडक्ट हुन् । यसले निकै अध्ययन गरेर गुणस्तरिय सामाग्री ल्याएको छ । यसका हेयर केराटीन, हेयर कलरिङ लगायत जति पनि प्रोड्क्ट छन्, सबै गुणस्तरिय छन् ।’

ट्रुमीले बजारमा ल्याएको हेयर केयरका सात महत्वपूर्ण सामग्रीहरुमध्ये कपाल झर्ने समस्या समाधानका लागि ‘हेयरफल कन्ट्रोल स्याम्पो’ जुन ८ सय मिलिलिटरको प्याकमा उपलब्ध हुने र यसले कपालको जरादेखि टुप्पैसम्मका समस्यालाई निराकरण गर्ने बताएको छ । त्यस्तै, ट्रुमीको अर्को उत्पादन केराटिन हेयर सिरम जसले कपालका लागि आवश्यक पोषक तत्व प्रदान गर्छ, जुन १०० मिलिलिटरको बोतलमा उपलब्ध छ र यो सिरमले खस्रो तथा सुख्खा कपाल मुलायम राख्ने कम्पनीको भनाई छ ।

‘हाम्रो कपालमा प्राकृतिक रूपमा नै केराटिन नामक प्रोटिन पाइन्छ । त्यही केराटिनको शक्तिलाई ‘ट्रुमी केराटिन हेयर रिबोन्डिङ’नामक सामग्रीले अझ सबल बनाइदिन्छ । नवीनतम फर्मुलाका आधारमा तयार गरिएको यो उत्पादनको प्रयोगले कपाललाई नरम र सीधा बनाउँछ । केराटिनको कमीका कारण कपालमा निम्तिने सुख्खापन लगायतका समस्या आउँछन् । केराटिन हेयर रिबोन्डिङको प्रयोगले लट्टा पर्ने समस्या पनि कमी गरिदिन्छ’ व्युटिसियन श्रेष्ठ भन्छिन् ।

यसैगरी, हेयर–केयरका सन्दर्भमा ‘ट्रुमी हेयर ब्लिच पाउडर’ ले पनि उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको भनाई छ । गोल्डेन र सेतो रङमा उपलब्ध यो हेयर ब्लिचिङ पाउडर विशेषगरी कपालको लिफ्ट बढाउन र झर्ने समस्या निराकरणका गर्न तयार पारिएको उत्पादन हो। ४०० ग्रामको प्याकमा उपलब्ध यो पाउडरमा लाइटनिङ एजेन्टकोको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

हेयर ब्लिचिङ पाउडर र हाइड्रोजन पेरोक्साइडको सम्मिश्रणबाट तयार गरिएको ट्रुमीको अर्को उत्पादन ‘ट्रुमी डेभलपर’ कपाल लाइटनिङ गर्नका लागि प्रयोग हुन्छ । ३ देखि १२ प्रतिशतसम्मको अनुपातमा कपाल लाइङटिङ गर्न मिल्ने यो सामग्री एक हजार मिलिलिटरमा उपलव्ध छ । हानीकारक तत्व नभएको यो सामग्री त्यत्तिकै सुगन्धित पनि रहेको श्रेष्ठ बताउंछिन् ।

त्यस्तै, कम्पनिले जारी गरेको रिभ्यू नोटमा उल्लेख गरे अनुसार कपालमा पाइने प्रोटिनयुक्त तत्वको केराटिनको शक्ति बढाउन ‘ट्रुमी केराटिन ट्रिटमेन्ट स्पा’ पनि बजारमा उपलब्ध छ । ५०० र १००० मिलिलिटरमा उपलब्ध यो केराटिन ट्रिटमेन्ट स्पाले कपालमा देखिने धेरै समस्यालाई न्युनिकरण गर्न सहयोग पुर्याउँने कम्पनीकोे दावी छ ।

यसका साथै, शरीरमा आउने अनावश्यक रौँहरू हटाउन ‘ट्रुमी हेयर वाक्स’ प्रडक्ट पनि तयार गरिएकोे जुन हेयर वाक्स ६०० र ८०० ग्रामको प्याकेटमा बजारमा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

छाला रोग विशेषज्ञ डा.असित घिमिरेले पनि ट्रु डर्माको स्तरीय प्रोडक्ट बजारमा ल्याएको संस्थाले नै ट्रुमीका हेयरकेयर सामग्री लन्च गरेकाले यसमा सिधै विश्वास गर्न सकिने बताउँछन् ।