Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नियमविपरित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिँदा उपप्रमुखले दिइन् उजुरी, नगरप्रमुखलाई महासंघको ध्यानाकर्षण


नियमविपरित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिँदा उपप्रमुखले दिइन् उजुरी, नगरप्रमुखलाई महासंघको ध्यानाकर्षण

झापा । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा रोशनले उपप्रमुख हुँदाहुँदै नियमविपरित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएकोमा आपत्ति जनाउँदै उपप्रमुखले दिएको उजुरीप्रति महासंघ र नगरपालिकाद्वयले परिपत्र जारी गर्दै ध्यानाकर्षण गराएको छ ।

नियमविपरीत कार्य गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै उपप्रमुख नरमाया कार्कीले नेकपा एमाले जिल्ला कमिटीमा बुधबार उजुरी दिएकी थिईन् । जापान भ्रमणमा गएका नगर प्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि शिवसताक्षी वडा नम्बर ४ का वडाध्यक्ष विष्णुबहादुर प्रसाईँलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।

प्रमुख मेगाहाङ्ग थोप्रा रोशन र उपप्रमुख नरमाया कार्की दुवै जना नेकपा एमालेतर्फबाट गत वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । कर्मचारी प्रशासनले नियम सङ्गत नहुने भन्दै गर्दा नगर प्रमुख थोप्राले ‘मैले चाहेपछि हुन्छ’ भन्दै वडाध्यक्ष प्रसाईँलाई कार्यवाहकको जिम्मेवारी दिएको उपप्रमुख कार्कीले बताएकी थिइन् ।

बोर्ड बैठकमा अरू एजेन्डाका विषयमा छलफल भएपनि कार्यवाहकको जिम्मेवारीको बारेमा छलफल नभएको पनि उनले बताएकी थिइन् । आफूले वडाध्यक्ष प्रसाईँलाई कार्यवाहकको जिम्मेवारी दिएको कुरा थाहा पाए पश्चात् एमाले जिल्ला कमिटीमा उजुरी दिएको उनले जानकारी दिइन् ।

कार्की एमालेका जिल्ला कमिटी सचिवालय सदस्य र थोप्रा नगर कमिटी अध्यक्ष हुन् । नगर प्रमुख थोप्रा र उपप्रमुख कार्कीबीच विगत् केही समयदेखि मनमुटाव रहँदै आएको बताइएको छ ।

सो उजुरी पश्चात् गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिकाले आईतबार शिवसताक्षी नगरपालिकाका प्रमुखलाई यस्तो प्रकारको विषयलाई विवादमा ल्याएर आलोचित नहुन भन्दै ध्यानाकर्षण गर्न परिपत्र पठाएको छ । सो परिपत्र अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ मा तोकिएको अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार अनुसार कानुनको परिपालना सबैको दायित्व रहेको अवगत गराउँदै यस्तो प्रकारको विषयलाई विवादमा ल्याएर आलोचित नहुन समेत आह्वान गरेको छ ।