Saturday, July 05, 2025

२०८२ असार २१, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

आइएमई पेले ल्यायो नयाँ अफर


आइएमई पेले ल्यायो नयाँ अफर


काठमाडौं, भदौ २० । नेपालको डिजिटल वालेट आइएमई पेले हालै सार्वजनिक गरेको बिकेट टु विन नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ। भदौ १९ गतेदेखि असोज १८ गतेसम्म लागु हुने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे द्वारा गर्दा सय रुपैयाँसम्म छुट गर्न सक्नेछन्।

सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा वाटर प्रोमो कोड राख्न पर्नेछ भने इन्टरनेटको बिल भुक्तानी क्रममा इन्टरनेट प्रोमो कोड राख्नु पर्नेछ। यस अफर अन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तराल भरी जति चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउनेछन्।

आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।