Sunday, November 09, 2025

२०८२ कार्तिक २४, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

केयूकेएलको सीईओ नियुक्ति प्रक्रिया रद्द


केयूकेएलको सीईओ नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया रद्द गरेको छ । केयूकेएल सञ्चालक समिति सदस्यहरूमाथि ‘एडभान्स’ घुस लिएको आरोप लागेपछि सीईओ नियुक्ति प्रक्रिया विवादित बनेको थियो ।

रिक्त सीईओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न गठित सीईओ छनोट सिफारिस समितिमा बहुमत सदस्य नभई छनोट प्रक्रिया सुरु गरेर आठ जनाको ‘सर्ट लिस्ट’ (संक्षिप्त सूची) तयार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि खानेपानी मन्त्रालयले चासो दिएको थियो ।

केयूकेएलको तालुक मन्त्रालय खानेपानीका सूचना अधिकारी टेकनाथ दहालका अनुसार खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक माधव तिवारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) प्रभात श्रेष्ठ र मन्त्रालयका कानुन उपसचिव राजाराम दाहाल सदस्य छन् ।