Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति लगानी कर्ताले पारे हात ?


भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति लगानी कर्ताले पारे हात ?


काठमाडौं, भदौ १८ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएका छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानी कर्ताका लागि प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो।

सो सेयरमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको थियो। जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको छ। माग भन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाद्वारा कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।