Sunday, May 19, 2024

२०८१ जेष्ठ ६, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता


अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरी राईको नेतृत्वमा नयाँ दल दर्ता भएको हो । उनीहरुले आइतबार आयोगमा दल दर्ताका लागि आवेदन दिएका थिए ।

उनीहरुको निवेदनउपर सोमबार आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा जनता समाजवादी पार्टी नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको आयोगले जनाएको छ । आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने भनेर आयोगले निर्णय गरेको हो ।

आयोगले दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र जनता समाजवादी पार्टी लाई दिई सम्बन्धित निकायहरुलाई लेखी पठाउने जनाएको छ ।