Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनसीएचएलले सञ्चालन गर्ने सेवामा भ्याट लाग्ने


एनसीएचएलले सञ्चालन गर्ने सेवामा भ्याट लाग्ने

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्ने सेवाहरूको कारोबार शुल्कमा आजदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । मंगलवार एक सूचना जारी गर्दै एनसीएचएलले आफ्ना सेवाको कारोबार शुल्कमा भ्याट लाग्ने जानकारी दिएको हो । सरकारले आर्थिक ऐन, २०८१ मा एनसीआईटीले प्रदान गर्दै आएको समासोधन गृह (क्लियरिङ) सेवालाई मूल्य अभिवृद्धि कर छुट सूचीबाट हटाएकाले आफूले सम्पूर्ण सेवाहरूमा मूल्य अभिवृद्धि कर लिने एनसीआईटीले उल्लेख गरेको छ । त्यस्तै यस व्यवस्था सम्बन्धी थप जानकारी लिन सम्बन्धित बैंक वित्तीय संस्थाहरूमा सम्पर्क गर्न एनसीएचएलले जनाएको छ ।