Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विदेशी मुद्रा सञ्चिति पौने २० खर्ब,गत असारको तुलनामा २७.८ प्रतिशतले बृद्धि


विदेशी मुद्रा सञ्चिति पौने २० खर्ब,गत असारको तुलनामा २७.८ प्रतिशतले बृद्धि

काठमाडौँ । गत जेठ महिनासम्म मुलुकको विदेशी मुद्रा सञ्चिति करिब पौने २० खर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २७.८ प्रतिशतले बढेको हो । बुधबार सार्वजनिक नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको देखाएको हो ।

२०८० असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा ०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले बढेर १४ अर्ब ७२ करोड पुगेको प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ ।