Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो, आठ मन्त्रीद्धारा राजीनामा


एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो, आठ मन्त्रीद्धारा राजीनामा

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रिपरिषदबाट बाहिरिएको छ । बुधबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेले सरकारमा सहभागी आठ जना मन्त्रीहरुलाई सामुहिक राजिनामा दिन लगाएको हो ।

उनिहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका छन् । चार महिनाअघि प्रमुख सत्ता साझेदारकारुपमा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको छ ।

संसद्‌को दोस्रो ठुलो दल एमालेले पहिलो दल कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको हो । कांग्रेस र एमालेबीच सोमबार राति आलोपालो सरकारको नतृत्व गर्ने सहमति सहित गठबन्धन गर्ने सहमति भएको थियो ।