काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर भएको छ । सुनको मूल्य सोमबारको बजारमा कायम मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त मूल्य सोमबारको बजारमा नै कायम मूल्य हो ।
उक्त मूल्यलाई नै आधार मानेर आजको बजारमा सुनको खरिदबिक्री भइरहेको हो । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा किनबेच भएको थियो।