Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरको दर्शन सहकारीमा आदिवासी सेवा केन्द्रका बचतकर्ताहरुको धर्ना, रकम फिर्ताको सुनिश्चीत गर्न माग [भिडिओ सहित]


कीर्तिपुरको दर्शन सहकारीमा आदिवासी सेवा केन्द्रका बचतकर्ताहरुको धर्ना, रकम फिर्ताको सुनिश्चीत गर्न माग [भिडिओ सहित]

काठमाडौं । कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतफिर्ताको माग गर्दै आजपनि पीडितहरुले धर्ना दिएका छन् । लामो समय बचतफिर्ता नदिएको भन्दै अनामनगर स्थीत आदिवासी जनजाती सेवा केन्द्रका बचतकर्ताहरुले सहकारीको केन्द्रीय कार्यालय कीर्तिपुरमा आएर धर्ना लिएका हुन । उनिहरुले तत्काल बचतफिर्ताको सुनिश्चीत गर्न माग गरेका छन् । सहकारी पीडित सहजिकरण समिति बनाई कार्यालयमा आएका उनिहरुले एक घण्टा धर्ना दिएका थिए ।


पछिल्लो समय बचतफिर्ताको माग गर्दै अर्काे संघर्ष समितिको आन्दोलनका कारण कार्यालय नियमित सञ्चालन गर्न नसकेको दर्शन साकोसका विरुद्ध आज अर्काे संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो । उनिहरुले तत्काल कार्यालय नियमति सञ्चालन गर्न,बचतफिर्ताकालागि कार्ययोजना सार्वजनिक गर्न, सबै सेवा केन्द्र तथा बचतकर्ताको रकम फिर्ताकालागि समान योजना पेस गर्न माग गरेका थिए । विभिन्न कारण देखाउँदै सञ्चालक समिति पाखा लाग्ने गरेको भन्दै आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका थिए । उनिहरुले दशौं हजार बचतकर्ताको रकम जोखिममा पार्नेगरि अघिल्लो संघर्ष समितिले आन्दोलन गरेको भन्दै सहमति र सहकार्यमा आउन आह्वान गरेका छन् । संघर्ष समितिका संयोजक गुनु तामाङले अघिल्लो संघर्ष समिति र आफुहरु सबै पीडीत भएकाले तत्काल दुबै समिति छलफलमा बसि एउटै एजेण्डा बनाउनुपर्ने बताए ।


पीडितले भने, ‘हाम्रो सबैको रकम सुरक्षीत हुनुपर्छ, आन्दोलनका नाममा नेतृत्व गर्नेले मात्रै रकम फिर्ता पाउने होइन समानरुपमा सबैलाई बचत फिर्ताको ज्ञारेन्टी गरिनु पर्छ’ । कुनैपनि आन्दोलन र धर्नाका नाममा रकम वितरण भए त्यसलाई मान्य नहुने उनिहरुको भनाई थियो । उनिहरुले दर्शन सहकारीले असार मसान्तबाट सानो बचत फिर्ताको योजना अघि बढाएको भन्ने सुन्नमा आएको छ, ठिक छ, हामी त्यसमा सहमत छौं तर, सबैलाई निष्पक्षरुपमा वितरण हुनुपर्छ उनिहरुले भने ।

 


सहकारी संस्थालाई चलायमान बनाउन सबैको दायित्व र भूमिका बराबर हुन्छ, हामी शान्तिपुर्ण आन्दोलनमा छौं पक्षपात गर्न मिल्दैन बचत समानरुपमा वितरण हुनुपर्छ उनिहरुले भने । उनिहरुले एक साताभित्र आन्दोलनमा रहेका सबै पक्ष, सञ्चालक समिति लगाएत छलफलमा बसि बचतफिर्ता ज्ञारेन्टी गर्न माग गरेका छन् । दर्शन सहकारीमा यसअघि बचतफिर्ताको माग गर्दै कञ्चन महर्जनको नेतृत्वमा बनेको संघर्ष समितिले पनि विभिन्न चरणको आन्दोलन तथा धर्ना दिर्दै आएको छ । कीर्तिपुर नगरपालिका पुर्व स्थानीय जनप्रतिनिधि,पुर्वअध्यक्ष गंगाराम महर्जनले दर्शन सहकारीमा देखिएको समस्या समाधानकालागि स्थानीय सरकारले कुनै भूमिका नदेखाएको भन्दै आक्रोश पोखे । उनले भने, प्रदेश सरकारले केहि आश्वासन दिएपनि संघ र स्थानीय सरकारका जनप्रतिनिधिले यस विषयमा चासो नदेखाएको बताए । उनले बचत फिर्ताकालागि तत्काल पहल गर्न आग्रह गरे । 

 

सहजिकरण समितिले अघिल्लो संघर्ष समिति र आदिवासी सेवा केन्द्रको संघर्ष समितिको साझा एजेण्डा हुनुपर्ने भन्दै पहिला दुबै पक्ष छलफलमा बस्न आग्रह गरेको छ । पछिल्लो समय दर्शन सहकारीमा बचतकर्ताहरुले निरन्तर आन्दोलन गर्दा सहकारीले आफ्ना सबै सेवा केन्द्रबाट प्रभावकारी काम गर्न नसकेको सञ्चालक समितिले जनाएको छ । बचतकर्ताहरु बर्षाको प्रवाह नगरि धर्नामा पुगेका थिए । आदिवासी सेवा केन्द्रका करिब १ सय ५० बढी बचतकर्ता र कीर्तिपुरकै अन्य बचतकर्ताहरुको उपस्थीति रहेको थियो ।