Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राजदूतमा १२ जना सर्वसम्मत, ४ जनाको नाम बहुमतले अनुमोदित


राजदूतमा १२ जना सर्वसम्मत, ४ जनाको नाम बहुमतले अनुमोदित

काठमाडौँ — मन्त्रिपरिषद्ले १७ मुलुकका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ । समितिले १२ जनालाई सर्वसम्मत र चार जनालाई बहुमतबाट बिहीबार अनुमोदन गरेको हो । शैक्षिक योग्यताको प्रमाणपत्र पेस नगरिँदा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका सम्बन्धमा भने समितिले निर्णय थाती राखेको छ ।

दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, रुसका लागि जंगब चौहान, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रीता धिताल, जर्मनीका लागि शैल रूपाखेती र डेनमार्कका लागि सुम्निमा तुलाधर संसदीय समितिमा सर्वसम्मतले अनुमोदित भएका छन् ।

चीनका लागि कृष्णप्रसाद ओली, साउदी अरबका लागि नरेशविक्रम ढकाल, कतारका लागि रमेशचन्द्र पौडेल, स्पेनका लागि सलिन नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई अनुमोदन गर्न सर्वसम्मत निर्णय भएको थियो ।

भारतका लागि शंकर शर्मा, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, इजरायलका लागि धनप्रसाद पण्डित र मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना भने बहुमतको निर्णयबाट अनुमोदित भएका छन् । उनीहरू सत्तारूढ कांग्रेस र एमाले तथा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रको मतबाट अनुमोदित भएका हुन् ।