Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

४ किस्तामा २० अर्ब तिर्ने सर्तसहित एनसेलको 'लाइसेन्स' नवीकरण


४ किस्तामा २० अर्ब तिर्ने सर्तसहित एनसेलको 'लाइसेन्स' नवीकरण


काठमाडौं । एनसेलको दुरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र (लाइसेन्स) नवीकरण भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार आगामी ५ वर्षका लागि एनसेलको इजाजतपत्र नवीकरण गरिदिएको हो । एनसलेले ४ किस्तामा २० अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ । यसका लागि पहिलो किस्तावापत ५ अर्ब रुपैयाँ तिरेको छ भने अब यसले ३ किस्तामा १५ अर्ब रुपैयाँ तिर्नुपर्ने निर्णय नेपाल दुरसञ्चार प्राधिकरणले गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलको इजाजतपत्रको नवीकरण गरेर आइतबार नै पत्र दिइएको छ । एनसेलको इजाजतपत्र नवीकरण गर्ने र बार्षिक १० प्रतिशत ब्याज लिएर किस्ताबन्दी सेवा दिने बिहीबारको मन्त्रिपरिषदको निर्णय अनुसार नै आइतबार इजातपत्र नवीकरण भएको हो । यसको इजाजत पत्र नवीकरणका लागि ४ किस्तामा २० अर्ब रुपैयाँ तिर्नुपर्छ ।