काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने जनाएको छ । सत्ता सहकार्य गर्ने कांग्रेस-एमालेको सहमति मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको हो ।
रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले संवैधानिक रूपमा नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढेपछि सरकारबाट बाहिरिने बताए । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछानेसहित ४ जना मन्त्री छन् । एमाले—कांग्रेसले भने राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाइने दाबी गरेका छन् । सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् ।