Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डोल्पाबाट ६ क्विन्टल यार्सागुम्बा निकासी,८६ लाख ७७ हजार पाँच सय राजश्व संकलन


डोल्पाबाट ६ क्विन्टल यार्सागुम्बा निकासी,८६ लाख ७७ हजार पाँच सय राजश्व संकलन

डोल्पाबाट आर्थिक वर्ष २०७९-८० मा ६ क्विन्टल यार्सागुम्बा निकासी भएको छ । से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष २०७९-८० मा यार्सा सङ्कलकबाट यार्सापाटनमा प्रवेश गरेबापतको शुल्कबाट ८६ लाख ७७ हजार पाँच सय र २४० केजी यार्सागुम्बाको छोडपुर्जीबाट ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व उठेको छ । डिभिजन वन कार्यालयवाट ३४३ केजी यार्सागुम्बाको छोडपुर्जीबापत एक करोड ६४ लाख ८९५ रुपियाँ उठेको छ । कुटिक, पदमचाल,गुच्चीच्याउलगायतका अन्य जडीबुटीको छोडपुर्जीबाट छ लाख ३९ हजार ५५५ सहित गरी कुल एक करोड १२ लाख ८० हजार ४४७ रुपियाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईले जानकारी दिए । नेपाल सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपियाँ तोकेको छ ।