Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सांसदले शिक्षकलाई किन तर्साएको भन्ने प्रश्नमा मन्त्री श्रेष्ठले भनिन् : नीतिमा बस्नुहोस् भन्नु तर्साएको हुन्न ?[भिडिओ सहित]


सांसदले शिक्षकलाई किन तर्साएको भन्ने प्रश्नमा मन्त्री श्रेष्ठले भनिन् : नीतिमा बस्नुहोस् भन्नु तर्साएको हुन्न ?[भिडिओ सहित]

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भनिन्, ‘शिक्षकले राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो । कुरा यही हो ।’ ‘शिक्षकलाई तर्साएको छैन ।

शिक्षक राजनीतिक पार्टीको सदस्य हुनुहुन्न भनेर राजनीतिक दल सम्बन्धी ऐनले नै भन्छ । यसकारण राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो भनेको हो,’ उनले भनिन् । सांसदहरूले शिक्षकलाई तर्साउन नहुने बताएका थिए । जवाफ दिंदै उनले यस्तो बताएकी हुन् ।

‘‘आफ्नो प्रोफेसनल इथिक्स मेन्टेन गर भन्नु त तर्साएको हुँदैन,’ उनले भनिन् । सामुदायिकमा भन्दा निजी विद्यालयको एसईईको नतिजा राम्रो आउनुको पछाडि निजीमा राम्रो नतिजा नआए हायर एण्ड फायर हुने र राजनीति नहुनु प्रमुख कारण रहेको उनले बताइन् । यसकारण सामुदायिक विद्यालयका भन्दा कम तलब सुविधामा समेत निजीले राम्रो नतिजा दिन सफल भएको मन्त्री श्रेष्ठले बताइन् ।