Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्वअर्थमन्त्री बिष्णु पौडेलले भनेःदेशमा चरम आर्थिक संकट छ, सरकार असफल भयो !


पूर्वअर्थमन्त्री बिष्णु पौडेलले भनेःदेशमा चरम आर्थिक संकट छ, सरकार असफल भयो  !

पूर्व अर्थमन्त्री बिष्णु पौडेलले अर्थतन्त्रको संकट विकराल बन्दै गएपनि सरकार बेखबर रहेको बताएका छन । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले तथ्याङ्कले देशको अर्थतन्त्र सङ्कटमा छ भन्ने देखाउँछ तर, समस्या दिनदिनै विकराल बन्दै गएको छ, सरकार बेखबर छ ।

सरकारले निर्माण सम्पन्न भएको आयोजनाको भुक्तानी दिन सकेको छैन । अर्थतन्त्रको सङ्कट समाधान गर्न सरकार असफल भएको छ।’ सरकारले भैरहवा, पोखरा विमानस्थल सम्पन्न भएका आयोजना सञ्चालन गर्न नसकेको उनले भनाई थियो ।

पौडेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदन प्रभावकारी हुनपर्ने बताएका छन्। उनले प्रतिपक्षले उठाएको आवाज सदनमार्फत सरकारले सुन्नुपर्नेमा जोड दिए । ‘चालु अधिवेशनमा कहीँ नभएको अभ्यास भएको छ।

प्रधानमन्त्री विदेश गए पनि कार्यबाहक प्रधानमन्त्री हुन्छ। तर यहाँ प्रधानमन्त्री विदेश गएको बेलामा सदन बन्द गरियो’, एमाले नेता पौडेलले भने, ‘यस अवधिमा अनुचित लेनदेनसम्बन्धी कानुनमा संशोधनबाहेक अरु कुनै पनि काम गर्न सकेनौँ।’