काठमाडौं । किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । भेलाको समापन समारोहमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले कृषकलाई रोपाइँको समयमा रासायनिक मल उपलब्ध गराउन माग गरे ।
उनले रासायनिक मलका लागि सरकारले ३० अर्ब विनियोजन गरेको भए पनि आयातमा ढिलासुस्ती भएकाले उनीहरूले मल नपाएको बताएका छन् । परम्परागतरूपमा गरिँदै आएको खेती प्रणालीलाई प्रविधि प्रयोग गरी आधुनिकीकरण गर्नुपर्ने उपमहासचिव पौडेलले बताए। पार्टीको मोर्चा फाँट प्रमुखसमेत रहेको उनले युवालाई यस क्षेत्रमा आकर्षित गर्न सकेमा कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गर्दै उनीहरूलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले उत्पादन वृद्धि गर्न किसानलाई मल र बीउबिजनको व्यवस्था गर्नुपर्ने बताए । किसानलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिएका छन् । नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य प्रमेश पोखरेलले मल आयातको प्रबन्ध गर्न माग गर्दै विकास र आर्थिक समृद्धिका लागि यस क्षेत्रमा गरिने लगानीले आत्मनिर्भर अर्थतन्त्रको विकास हुने बताए ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                     
                     
                    .jpg)