Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच भेट,नेपाल–रोमानिया सम्बन्ध आगामी दिनमा थप सुदृढ हुदैं जाने


उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच भेट,नेपाल–रोमानिया सम्बन्ध आगामी दिनमा थप सुदृढ हुदैं जाने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गरे । नेपाल–रोमानिया सम्बन्ध आगामी दिनमा थप सुदृढ हुदैं जानेमा विश्वास व्यक्त गर्दै उहाँले दिगो विकासका लक्ष्यहरु सन् २०३० सम्ममा प्राप्त गर्न नेपाल प्रयासरत रहेको बताए ।

साथै कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान गर्न नेपालले व्यापार र लगानीलाई उच्च प्राथमिकता दिएको जानकारी दिए । हालै सम्पन्न लगानी सम्मेलनले लगानीका क्षेत्र पहिचान गरेको र लगानीमैत्री नीतिगत तथा कानुनी व्यवस्था गरेको मन्त्री भण्डारीले राजदूत तानेलाई जानकारी गराए । मन्त्री भण्डारीले नेपालबाट रोमानयामा निर्यात हुने वस्तुको पहिचान र विकास गर्न द्विपक्षीय व्यापारको पर्याप्त सम्भावना रहेको जानकारी गराउँदै यसका लागि आगामी दिनमा थप सहकार्य गर्नुपर्ने देखिएको बताए । सो क्रममा राजदूत तानेले मन्त्री भण्डारीलाई रोमानिया भ्रमणका लागि आग्रह गरे।

उनले रोमानियाले नेपालमा कृषि, उर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताए । राजदूत तानेले मन्त्री भण्डारी रोमानियामा हस्तकलाका सामग्रीको बजार राम्रो रहेको जानकारी गराए । उनले नेपालबाट रामानियामा हस्तकलाका सामग्री निर्यातको वातावरण बनाउन मन्त्री भण्डारीलाई आग्रह गरे ।