दार्चुला । महाकाली नदीमा हाम फालेकी दार्चुलाकी एक किशोरीको खोजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शनिबार साँझ करिब सवा ६ बजेतिर दुहु गाउँपालिका—४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवरले महाकाली नगरपालिका—४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् । प्रहरीका अनुसार उनी हाम फाल्न भनेर नदीको डिलमा पुगेको खबर स्थानीयले दिएपछि प्रहरी उद्धारकालागि पुगेको थियो । प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गर्दै गर्दा उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए । त्यही बेला कुँवरले नदीमा हाम फालेकी थिइन् । लगत्तै खोजीकार्य सुरु गरे पनि उनी फेला नपरेकी प्रहरीले जनाएको छ ।
महाकाली नदीमा हाम फालेकी दार्चुलाकी एक किशोरीको खोजी कार्य जारी [भिडिओ सहित]