Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने


त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले एक सूचना प्रकाशित गरेर सो जानकारी गराएको हो। त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग के।सी।को अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ। प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका वि। सं २०५८ सालदेखिका वार्षिक प्रणाली अन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका विद्यार्थीका लागि एक पटक मौका परीक्षा सञ्चालन गर्ने भएको उल्लेख छ।