Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल बैंक र कामपाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता


नेपाल बैंक र कामपाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरपालिकाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबार काठमाडौँ महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूलाई बैंकले विशेष छूट सहितको बैंकिंङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी-प्राविधिक शिक्षकरकर्मचारीहरूले नेपाल बैंक लिमिटेडको सबै शाखाबाट छूट सहित आकर्षक बैंकिंङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नुका साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिंङ सुविधा पाउन सक्नेछन् ।