Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मन्त्रिपरिषद्को निर्णयः बाढी पहिरोमा बेपत्ता भई दश दिनसम्म फेला नपरे सरकारले मृतकसरह राहत दिने


मन्त्रिपरिषद्को निर्णयः बाढी पहिरोमा बेपत्ता भई दश दिनसम्म फेला नपरे सरकारले मृतकसरह राहत दिने

काठमाडौँ — सरकारले बाढी पहिरोमा परेर बेपत्ता भएको दस दिनसम्म पनि फेला नपरेका व्यक्तिका परिवारलाई मृतकसरह राहत दिने भएको छ । सोमबार बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले बाढी पहिरोमा परी बेपत्ता भएको दस दिनसम्म पनि फेला नपरेका व्यक्तिका परिवारलाई मृतकसरह राहत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार यसअघि मृतकले राहत पाउने व्यवस्था भएपनि बेपत्ताका परिवारले पनि कुनै पनि राहत पाउने अवस्था थिएन । बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, बेपत्ताको खोजी र घाइतेको उपचारकालागि समेत जोड दिने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले बताए । त्यस्तै, जाजरकोट भूकम्पमा परी पीडितहरुलाई तेस्रो किस्ता वापतको रकम निकाशा गर्ने निर्णय गरेको छ । बैठकले लीलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी तोकेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।