Wednesday, November 13, 2024

२०८१ कार्तिक २८, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पछिल्लो पटक दिएको १० दिनको म्याद सकियो, लामिछानेको समर्थनमा आजपनि पोखरामा प्रदर्शन हुने


पछिल्लो पटक दिएको १० दिनको म्याद सकियो, लामिछानेको समर्थनमा आजपनि पोखरामा प्रदर्शन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद आज सकिएको छ । प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो ।

१४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउन लागिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ । आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ । रास्वपाले १० बजे जिरोमा समर्थकहरू सहित सभा आयोजना गर्ने तयारी गरेको छ ।


सर्वाधिक पढिएको