Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हेलिकप्टर दुर्घटनाका शवको आज पोस्टमार्टम गरिंदै


हेलिकप्टर दुर्घटनाका शवको आज पोस्टमार्टम गरिंदै

काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ ।

त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ ।

काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर बुधबार नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । सोही दिन दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो ।