काठमाडौं । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले विकास निर्माणका नाउँमा जथाभावी डोजर चलाउँदा देशभरि प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने स्थिति बनेको बताएका छन् । उनले कुनै पनि विकास निर्माणको योजना बनाउनुअघि सम्बन्धित ठाउँको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने देखिएको बताए ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सांसद गौतमले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै भू–सतहको अध्ययन गरेर मात्रै जमीनको प्रयोग गर्नुपर्ने बताए । ‘विकास निर्माण गर्ने, सडक बनाउने नाममा जथाभावी डोजर चलाइएको छ । उनले अहिलेसम्म पनि सरकारले योजना बनाउनुअघि भौगर्भिक अध्ययन नगर्ने गरेको बताए ।