Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचकमा गिरावट


कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचकमा गिरावट

काठमाडौं, भदौ ४ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २२ अंक घटेर बन्द भएको छ। यस दिन बजार घटेसँगै नेप्से परिसूचक २००० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक करिब साढे २ महिनापछि २००० विन्दु भन्दा तल बन्द भएको हो। यस अघि नेप्से परिसूचक गत जेठ २९ गते २००० विन्दुभन्दा तल बन्द भएको थियो। सोमबार नेप्से परिसूचक १२.९३ अंक घटेर १९९८.२८ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।

यस दिन २७२ स्टकको ३९ हजार ४२५ पटकको कारोबारमा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको ४१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशत भन्दा बढी बढेको छ।

कारोबारमा आएको मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.९९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन हिमालयन पावर पार्टनर, भुगोल इनर्जी, बलेफी हाइड्रोपावर लगायतका स्टकहरुको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन आइएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटलको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी घटेको छ।