Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब आइएसएमटी कलेजले साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषय पढाइने


अब आइएसएमटी कलेजले साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषय पढाइने

काठमाडौं, असोज ४ । आइएसएमटी कलेजले आइटी कोर्ष बिएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक कार्यक्रम यस वर्षदेखि सञ्चालन गर्ने भएको छ। विश्व नै प्रविधिमैत्री भइरहेको अवस्था र नेपालमा आइटीको भविष्यको प्रवल सम्भावनाहरु बढ्दै गइरहेको सन्दर्भमा विश्व लगायत नेपालको सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, प्राइभेट, बैंक तथा वित्तीय संस्थामा लगायत विभिन्न सेक्टरमा अत्यधिक सम्भावना रहेको यस बिएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक कोर्ष अध्यापन गराउन सुरू गरेको हो।

यस किसिमको विषय अध्ययन गर्दा विद्यार्थीहरूले इथिकल ह्याकिङ्ग, साइबर हमला हुँदा गर्नुपर्ने काम, डिजिटल फरेन्सिक्स अनुसन्धान, कुनै पनि व्यक्तिगत तथा सांगठनिक डेटा सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स, ब्लक चेन तथा साइबर सेक्युरिटी विशेषज्ञको रुपमा सक्षम भएर निस्कने र सहजै रोजगारी पाउने सम्भावना रहेको कलेजको बताएको छ।

२०११ सालमा स्थापित यो कलेजले युनिभर्सिटी अफ सन्डरल्याण्डको सम्बन्धनमा र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमतिमा बिबिए, बिएचएम, बिएस्सी (हन्स) कम्प्युटर सिस्टम इन्जिनियरिङ कार्यक्रमहरू पनि सञ्चालन भएका छन्।