Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विमान दुर्घटनामा पटक—पटक एउटै व्यक्ति किन छानविन समितिमा बस्नु पर्ने ? अध्यक्ष लिङ्देन[भिडिओ सहित]


विमान दुर्घटनामा पटक—पटक एउटै व्यक्ति  किन छानविन समितिमा बस्नु पर्ने ? अध्यक्ष लिङ्देन[भिडिओ सहित]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विमान दुर्घटनामा पटक—पटक एउटै मानिसलाई छानविन गर्न दिने परिपाटिको अन्त्य गर्न आग्रह गरेका छन् । संसदमा उनले सौर्य एयरलाइन्स विमान दुर्घटनामा छानबिन गर्नुपर्ने पहिलो व्यक्तिकै भिनाजु नाता पर्नेलाई छानबिन समितिमा राखेको भन्दै आपत्ति जनाएका हुन ।

आइतबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले समितिको निष्पक्षतामाथि नै प्रश्न उठाएका हुन् । सौर्य एयरलाइन्सको दुर्घटनामा केही गम्भीर प्रश्नहरू उठेको भन्दै विमानलाई सी–चेकका लागि पोखरा नै लानु पर्ने, काठमाडौँमा नहुने, के कारण थियो ? काठमाडौँमा त्यो हुन सक्ने हो कि होइन ? भन्दै लिङ्देनले प्रश्न गरे ।