Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वायुसेवा निगमको ग्राउन्ड ह्याण्डलिङ सेवाको गुणस्तर प्रमाणीकरण नवीकरण


वायुसेवा निगमको ग्राउन्ड ह्याण्डलिङ सेवाको गुणस्तर प्रमाणीकरण नवीकरण

काठमाडौँ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा)ले नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्याण्डलिङ सेवाको गुणस्तर प्रमाणीकरण नवीकरण गरेको छ । निगमका अनुसार, आयटाले निगमको आयटा सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन (आइसागो) प्रमाणीकरण थप दुई वर्षका लागि गरेको हो । निगमले सन् २०१६ मा पहिलोपटक (आइसागो) प्रमाणीकरणपत्र प्राप्त गरेको थियो ।

यही प्रमाणीकरणका आधारमा निगमले काठमाडौंमा विदेशी वायुसेवाहरुको ग्राउन्ड ह्याण्डलिङ गर्दै आएको छ । यसअघि २०८० पुसमा हिमालय एयरलायन्सलाई आयटाले यात्रु सेवातर्फ आइयोएसए प्रमाणीकरण गरेको थियो ।

यात्रुलाई सुरक्षित, भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरु पालना गरेकाले हिमालयलाई इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एशोशिएसन (आयटा)ले आइओएसए प्रमाणपत्र दिएको थियो ।