Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं महानगरले भत्काएका संरचना यत्रतत्र,अस्तव्यस्त र अव्यवस्थित देखिदै काठमाडौं [फोटो फिचर]


काठमाडौं महानगरले भत्काएका संरचना यत्रतत्र,अस्तव्यस्त र अव्यवस्थित देखिदै काठमाडौं [फोटो फिचर]

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका कतिपय क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरु भत्काइएका छन् । सार्वजनिक एवं सरकारी जग्गाहरु मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काइदिएको छ । महानगरपालिकाले जनाएअनुसार यस्ता संरचना खहरे खोला, नदीहरु मिचेर समेत घर, भवनहरु बनाइएको छ । केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका संरचनामाथि कपनमा महानगरले डोजर चलाएको थियो ।

त्यतिमात्रै होइन, हात्तिसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुशीमा नदी उत्खनन्, रत्नपार्कमा हडपेर राखिएका पसलहरु लगायत मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काउँदै आएको छ । काठमाडौं महानगरपालिकाले यस्ता अनधिकृत संरचना भत्काइदिएको त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरले अघि सारेको छैन । न्युज एजेन्सीको सहयोगमा कान्तिपुरमा प्रकाशित साम्रगीबाट साभार