Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन्स बैंकले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्दै


सिटिजन्स बैंकले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्दै


काठमाडौं, असोज ३ । सिटिजन्स बैंकले ३ अर्ब बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो ।

कूल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले बताएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ। १० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले बताएको छ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहने भएको छ ।