Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल आइएफसीले ‘फिनटेक इकोसिस्टम’ बनाउन सहयोग गर्ने


नेपाल आइएफसीले ‘फिनटेक इकोसिस्टम’ बनाउन सहयोग गर्ने

काठमाडौं, भदौ १५ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी) बीच नेपालमा फिनटेक इकोसिस्टम सबै खाले वित्तीय प्रविधि सञ्चालनका लागि उपयुक्त वातावरण सिर्जना गर्ने बलियो बनाउने विषयमा सहमति गरेको छ। यो सम्झौता आइएफसीको नेपाल डिजिटल वित्तीय सेवा सम्बन्धी परियोजना अन्तर्गत भएको हो।

यो सम्झौताले नेपालमा विद्युतीय भुक्तानी र डिजिटल वित्तीय सेवा प्रयोग बढाउने अपेक्षा गरेको छ। नेपालमा फिनटेक क्षेत्र सुरुवाती अवस्थामा छ। हाल यो क्षेत्रमा काम गर्ने करीब ७० वटा संस्था छन्। आइएफसीको सन् २०२३ मा प्रकाशित नेपालमा वित्तीय समावेशीता सम्बन्धी प्रतिवेदन अनुसार नेपालका ३ करोड जनसंख्यामध्ये ९० प्रतिशतले औपचारिक वित्तीय सेवा प्रयोग गर्छन्।

तर, सन् २०२१ मा प्रकाशित ग्लोबल फाइनडेक्स प्रतिवेदन अनुसार २९ प्रतिशत नेपालीहरूले मात्रै विद्युतीय भुक्तानीमा सक्रिय छन्। दक्षिण एशियामा औसत ३४ प्रतिशतले कारोबारको लागि विद्युतीय भुक्तानीको प्रयोग गर्छन्।