काठमाडौं । सुनको मूल्य प्रतितोला २२ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा २२ सय रूपैयाँले घटेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज घटेर प्रतितोला १ लाख ६० हजार रूपैयाँमा सुन कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले घटेको छ । बुधबार १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भएकोमा आज १ हजार ९ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
छापावाल सुन प्रतितोला १ लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार