Tuesday, August 26, 2025

२०८२ भाद्र १०, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

समस्याग्रस्त सहकारीको सूचीमा पर्यो नेपाल सहकारी वित्तीय संस्था


समस्याग्रस्त सहकारीको सूचीमा पर्यो नेपाल सहकारी वित्तीय संस्था

काठमाडौं । नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री स्तरिय निर्णयले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। लामो समयदेखि बचतकर्ताको रकम फिर्ता नगरेकाले कानूनअनुसार समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ। समस्याग्रस्त घोषणासँगै सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ। यो सँगै नेपाल सरकारले २२ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ।