Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साल्ट ट्रेडिङ्गको ब्यापारसँगै खुद नाफा ५८ प्रतिशतले वृद्धि


साल्ट ट्रेडिङ्गको ब्यापारसँगै खुद नाफा ५८ प्रतिशतले वृद्धि

काठमाडौं, भदौ ३ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ब्यापारमा आएको वृद्धिसँगै खुद नाफा पनि बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५८.०५ प्रतिशतले वृद्धि गर्दै ७ करोड ८८ लाख ३ हजार रुपैयाँ खुद नाफा भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ करोड ९८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ब्याजखर्चमा भएको उच्च वृद्धिका वावजुत कम्पनीले खुद नाफामा आकर्षक सुधार गरेको हो । नाफा बढेसँगै कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ ५९ पैसा बढेर २८ रुपैयाँ २६ पैसा पुगेको छ ।

असारसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ४१९ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात १७३.३८ गुणा छ । अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको कुल आय समग्रमा १०.४७ प्रतिशतले बढेको छ । गत आवमा कम्पनीको कुल आय ९५ करोड ५८ लाख ७७ हजार पुगेको छ। कम्पनीको बिक्री आय ७ अर्ब १७ करोडबाट २२.४९ प्रतिशत बढेर ८ अर्ब ७८ करोड २९ लाख पुगेसँगै कुल आम्दानीमा पनि सुधार भएको हो । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्यवस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व बहन गर्दै कारोवार गर्दै आइरहेको छ ।

दश प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी बढेर २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड ५६ लाख ५७ हजार रुपैयाँ सञ्चित छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड २० लाख अर्थात ४.७६ प्रतिशतले बढी हो । विद्यमान बैंकिङ तरलता समस्या, देशको समग्र आर्थिक अवस्थाको कारण तथा कर्पोरेशनले नेपाल सरकारको निर्देशन समेतको पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेको कारण कुनै वस्तुहरुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थाको कारण कर्पोरेशनले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकिरहेको बताएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा आउने आर्थिक उतार चढाव मुलुकमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक परिस्थितिहरु तथा अस्वस्थ व्यापारीक प्रतिस्पर्धा एवं हाल विश्वलगायत नेपालमा पनि महामारीको रूपमा फैलिएको कोभिङ कोरोना भाइरस को महामारीले कर्पोरेशनको कारोवारलाई समेत असर पारेको बताइएको छ ।