Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संघीय संसद् सचिवालयद्धारा ३९ देशमा संसदीय मैत्री समूह गठन


संघीय संसद् सचिवालयद्धारा ३९ देशमा संसदीय मैत्री समूह गठन

काठमाडौं । संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ । विभिन्न देशसँग कुटनीतिक सम्बन्ध र विधायकहरूसँगको सम्बन्ध कायम गर्नका लागि संसदीय मैत्री समूह गठन गर्ने परम्परा छ । सोही अनुसार बिहीबार मैत्री समूह गठन भएको हो ।

२०७९ मंसिर ४ गते चुनाव भएको थियो । निर्वाचन भएको दुई वर्षपछि मात्रै संसदीय मैत्री समूह गठन भएको छ । ३९ वटा देशमा संसदीय मैत्री समूह गठन भएको छन् । गठित मैत्री समूहका संयोजकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् । संसद सचिवालयका सहसचिव गिरीका अनुसार नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने अभ्यास छ ।