काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेसले जवाफ माग गरेको छ । आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन् । ‘कि प्रधानमन्त्रीले स्वामित्व लिनुस् ।
होइन भने सदनबाट हटाउन भन्नुस्’ थापाले भने, ‘होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’ उनले सदनको अबरोध कांग्रेसले गर्यो भन्ने भन्दा पनि परिस्थीति र विषय के थियो भन्ने बुझ्नु पर्ने बताए । उनले अहिलेसम्म हुन नसकेका सबै विषयलाई सदनबाट अघि बढाउन कांग्रेस तयार रहेको भन्दै तत्काल त्यस्ता विषलाई अघि बढाउन सदनको ध्यानाकर्षण गराए ।