काठमाडौं । एमालेका नेता महेश बस्नेतले नेपालको अर्थतन्त्र सुधारकालागि गठबन्धन सरकारको विकल्प खोज्नु पर्ने बताएका छन् । रिर्पाेटस् क्लबको कार्यक्रममा बस्नेतले अहिले सहकारी तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानकालागि सरकार गम्भीर नभएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बताए ।
अहिले स्थानीय तहका कर्मचारी विरोधमा छन्, दशैंमा घर जान टिकट नपाउनेको पीडा, सहकारी सञ्चालकहरुको दिनदिनै भएको विचल्ली तथा वित्तीय क्षेत्रमा बढेको आक्रमणको एउटा समाधान सरकार परिवर्तन रहेको बताए ।
कार्यक्रममा वित्तीय क्षेत्रको सुधारकालागि लागेका भनिएका अभियन्ताहरु बैंकको ऋण नतिर्नु, सहकारी तथा वित्तीय क्षेत्रको ऋण नतिर्नु भन्दै सर्वसाधारणकालाई उस्काइ रहेको भन्दै यसरी देशको अर्थतन्त्र सुधार नहुने बताए । उनले दुर्गा प्रसाई जस्ता सिमित स्वार्थकालागि काम गरिरहेका व्यक्तीले उचाल्दैमा केहि नुहुने दावी गरे ।
बस्नेतले अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हक अधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताए । बस्नेतले मुलुकमा अराजकवादीहरुले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकतान्त्रिक हक अधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गर्दै बस्नेतले देशमा शान्ति, सुरक्षा निकै कमजोर भएको जिकिर गरे ।
नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम भएको भएको भन्दै गलत ढंगले नबुझ्न अनुरोध गरे । उनले दुर्गा प्रसाईँको गतिविधिको कडा विरोध गर्दै आफूहरूले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा चुप लागेर नबस्ने जिकिर गरे ।
झापामा आफूहरूको कार्यक्रम बिथोल्नको लागि पहिचानवादी र दुर्गा प्रसाईँका समर्थकहरु मिलेर आएको उनले दाबी गरे । उनले संविधान र कानूनविरोधीहरुलाई राज्यको तर्फबाट कानूनी दायरामा ल्याउन सरकारलाई भन्ने र सरकारले ती अराजकहरूलाई कानूनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिए ।