Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

संसद् भवनभित्रै लघुवित्तपीडितहरूको प्रदर्शन


संसद् भवनभित्रै लघुवित्तपीडितहरूको प्रदर्शन

काठमाडौँ — कडा सुरक्षा हुने संसद भवनभित्रै लघुवित्त ऋणीहरुले प्रर्दशन गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमै प्रवेश गरेर विरोध प्रदर्शन गरेका हुन । संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नारबाजी गरेका थिए । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु संसद्को तीन नम्बर गेटबाट भित्र छिरेका थिए ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । संसद् भवनभित्र छिर्न पनि कडा जाँच हुन्छ । तर लघुवित्त ऋणीहरुले निषेधति क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संस्द परिसरभित्रै सुतेर विरोध जनाएका थिए । गेटमा एकैपटक धेरै जना आएपछि सुरक्षाकर्मीले रोक्न सकेका   थिएनन् । उनीहरु गेट घकेलेर भित्र छिरेका हुन ।