Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने


सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं, भदौ २६ । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ भदौ २८ गते बाँडफाँट गर्ने भएको छ। कम्पनीको आइपीओ बिहीबार दिउसो २ बजे बाँडफाँट हुने एनआइएमबी एस क्यापिटलले बताएको छ।कम्पनीको आईपीओमा अन्तिम दिनसम्म माग भन्दा १.८६ गुणा बढी आवेदन परेको छ । उक्त इन्स्योरेन्सले भदौ १५ गते आइतबार देखि निष्काशन गरेको आईपीओमा १५ लाख १० हजार ६९३ भन्दा बढीको आवेदन परेको हो । इन्स्योरेन्सको आईपीओ भर्नेमध्ये ६ लाख भन्दा धेरैको हात खाली हुने भएको छ।

इन्स्योरेन्सले ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । जसमा एक करोड ६७ लाख ९० हजार १८० कित्ताका लगि आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले बताएको छ। कम्पनीको प्राथमिक शेयरमा १५ लाख १० हजार ६९३ आवेदकले शेयर खरिदको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२० रुपैयाँ सङ्कलन भएको छ।इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ। यसरी, इन्स्योरेन्सले बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।