Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री दाहालको हाङजाओमै भेटवार्ता हुने


चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री दाहालको हाङजाओमै भेटवार्ता हुने

काठमाडौं,भदौ २९ । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभालाई संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे जानकारी दिएका छन् । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा आफ्नो राष्ट्र संघको ७८औं महासभा र चीन भ्रमणबारे । प्रधानमन्त्री दाहाल राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क जाँदैछन्।

प्रधानमन्त्री दाहाल १९‍औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन न्युयोर्कबाटै चीनसमेत बताएका छन्। त्यही क्रममा उनले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमै भेटवार्ता हुने पनि सदनलाई जानकारी दिए । नेपालले यूएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ । सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल चीन भ्रमणमा निस्कने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालले सीसँगको भेटवार्ताबारे जानकारी दिँदै भने, हाङझाउमै महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको हैसियतमा दाहाल तेस्रो पटक चीन भ्रमणमा जान लागेका हुन् । त्यस्तै बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी ली छ्यािङसँग औपचारिक भेट र द्विपक्षीय भेटवार्ता हुने पनि प्रधानमन्त्री दाहालले संसद्लाई बताए ।

अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदा राम्रो कूटनीतिक सन्देश नजाने भनेर आलोचना भइरहँदा प्रधानमन्त्री दाहालले भने राष्ट्रसंघीय महासभा र चीनको भ्रमण तालिका बीचमा छोटो समय भएकाले न्युयोर्कबाटै बेइजिङ जान लागेको बताए। अति कम विकसित एलडीसी देशहरूको अध्यक्षका हैसियतले नेपालले साझा चासोका विषयमा विभिन्न मञ्चमा आफ्ना धारणा राख्ने पनि प्रधानमन्त्री दाहालले बताए ।