Tuesday, September 23, 2025

२०८२ आश्विन ७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीन सय ३९ जनाले लिए हिमाल आरोहण अनुमति


तीन सय ३९ जनाले लिए हिमाल आरोहण अनुमति

काठमाडौं, भदौ ३१। शरद ऋतुमा हिमाल आरोहणका लागि तीन सय ३९ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार गत शुक्रबारसम्म विभिन्न १० वटा हिमाल आरोहणका लागि तीन सय ३९ जनाले अनुमति लिएका छन्।

कुल २६ समूहद्वारा दुई सय ३६ जना पुरूष र ६५ जनाले महिलाले आरोहण अनुमति लिएको विभागले बताएको छ। जसमध्ये सबैभन्दा बढी तीन सय एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन्। त्यस्तै १० जनाले धौलागिरी चढ्न अनुमति लिएका छन्।

त्यस्तै क्रमशःअन्नपूर्णका लागि चार, मकालुका लागि चार, थापा पिक धम्पुसका लागि दुई, नेम्जुङका लागि दुई, हिमलुङ्ग हिमाल दुई, कुम्भकर्णका लागि दुई, पुथा हिमचुलीका लागि दुई र रक्सा उराइ हिमाल चढ्नका लागि दुई जनाले अनुमति लिएका हुन्। जसबाट तीन करोड ६४ लाख ९९ हजार रूपैयाँ रोयल्टी संकलन गरिएको छ।