Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेफ्स्कून बागमती प्रदेशको संकल्प: वर्तमान समस्या समाधानकालागि एक जुट हुने


नेफ्स्कून बागमती प्रदेशको संकल्प: वर्तमान समस्या समाधानकालागि एक जुट हुने

काठमाडौं । बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) बागमती प्रदेशले सहकारी संस्थाहरुको समस्या समाधनकालागि नौं बुँदे संकल्प प्रस्ताव पारित गरेको छ । संघले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा नौ बुँद्धे संकल्प पारित गरेको हो । समिटमा बागमती प्रदेशका १३ जिल्लाका २७० भन्दा बढी सहकारीकर्मीको सहभागिता थियो ।

संघले सञ्जालमा आवद्ध भएका सहकारीहरुमा देखिएको समस्याको पहिचान गरी निरुपण गर्नका लागि सामूहिक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जाएको छ । त्यस्तै, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र प्रदेश भित्रका जिल्ला बचत संघहरुसंग समन्वय गरी अवस्था विश्लेषण, समस्याको पहिचानका साथै, वर्गिकरण गर्ने र निरुपणका विधिहरु निर्माण गर्ने कार्यका लागि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघलाई प्रतिवद्धताकालागि आह्वान गरेको छ ।

संघले आफ्नो संकल्प प्रस्तावमा अभियानको सुदृढीकरणका लागि साझा सञ्जाल निर्माण गर्ने,.सहकारी ऐनको व्यवस्था बमोजिम सञ्जालमा आवद्ध सहकारी संस्थाहरुको सुधारात्मक अनुगमनको विधी तयार गरी बचत तथा ऋण सहकारी अभियानको तर्फबाट नेफ्स्कूनको सहकार्यमा अनुगमनको ढाँचा बनाउने, जिल्ला भित्रका विषयवस्तु जिल्ला बचत तथा ऋण सहकारी संघहरु मार्फत, प्रदेशका विषयवस्तुहरु प्रदेश बचत तथा ऋण सहकारी संघ मार्फत र राष्ट्रियस्तरका विषयवस्तुहरु केन्द्रीयसंघबाट उठान गर्ने र निरुपणका लागि सबै संघहरुको भूमिका संयुक्त बनाउने गरी कार्यप्रकृयाको निर्माण गर्ने, सहकारी ऐन, नियमावली, मापदण्ड र निर्देशनहरुको कार्यन्वयन, सम्पत्ति शुद्धिकरण निवारण ऐनको कार्यन्वयन, कोपोमिसको प्रयोगमा जिम्मेवार ढंगबाट प्रस्तुत गर्ने प्रतिवद्धता जाएको छ । 

त्यस्तै, सहकारीका वर्तमान समस्या समाधान, गलत गर्नेलाई कारबाहीमा सहयोगी र असल कार्य गर्ने सहकारीको प्रभावकारिताका लागि प्रवद्र्धनात्मक कृयाकलापहरुमा सहयोग, भावी कार्यदिशा निर्माण र सम्भावित जोखिमहरुको व्यवस्थापनमा तीनै तहका सरकार र अभियान बीचको सहकार्यलाई मजबुत बनाउदै लैजाने, सहकारी संस्थामा सदस्यहरुको सेवाको गुणस्तरीयता वृद्धि, सदस्य सुरक्षा सिद्धान्तको पालना, सदस्यको बचतको सुरक्षा, वित्तीय जोखिमको न्यूनीकरणका लागि जोखिम स्थानान्तरणका गर्न सदस्य संस्थाहरुलाई सुसूचित गर्दै उपयुक्त विधी र प्रकृयाको छनौट र उपयोगमा प्रोत्साहित गर्ने र सहकारी अभियानको आफ्नै विशिष्ट संस्कृति र पहिचानका लागि एकै किसिमको सहकारी संस्कृतिको विकास गराउन र सहकारी अभियानको छवि विकासका लागि सहकारीमा सुशासन कायम गर्न गराउन एवम् सहकारीमा स्वःनियमन कायम गर्न प्रतिवद्धता व्यक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

photo by bittiyapost