काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहित ११ जना पक्राउ परेपछि बैंकर्स संघले आकस्मिक बैठक बोलाएको छ । बुधबार संघले सबै बैंकरलाई बोलाएर पूर्ण बैठक राख्न लागेको हो।
कमसल धितोमा कर्जा प्रवाह गरेको भन्दै सीआइबिले बैंकका कर्मचारीलाई पक्राउ गरेपछि संघले छलफल गर्न लागेको छ । बुधबार संघमा छलफल गरी त्यसको निष्कर्षसहित संघले गृहमन्त्री समेतलाई भेट्ने तयारी गरेको स्रोतले बतायो ।